तस्बिर: एपी

अन्तर्राष्ट्रिय

तानाशाही प्रवृत्तिलाई स्वतन्त्रताले जित्नेछ : बाइडेन

By खबरहब

March 02, 2022

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरुलाई कमजोर आँकेर युक्रेनमाथि आक्रमण गरेको टिप्पणी गरेका छन् । अमेरिकी काँग्रेसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् ।

पुटिन नियोजित रुपमा र अकारण युद्धमा होमिएको समेत बाइडेनले बताए । पुटिनले बारम्बारका कूटनीतिक पहलको पनि बेवास्ता गरेको सम्बोधनका क्रममा बाइडेनले बताए ।

उनले भने ‘उनलाई पश्चिमा मुलुक र नेटोले केही नगरी बस्छन् भन्ने लागेको थियो । र घरमा हामीलाई फुटाउँला भन्ने पनि उनको चाल थियो ।’ ‘पुटिन गलत थिए, हामी तयार थियौँ ।’ बाइडेनको भनाई थियो ।

उनले ‘तानाशाही प्रवृत्तिलाई स्वतन्त्रताले जित्ने’ विश्वासमा आफू अडिग रहेको समेत बताए ।