राजनीति

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

By खबरहब

March 02, 2022

काठमाडौँ- प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ पेस गरिएको छ ।

एमाले सांसदको नाराबाजीकाबीच सो प्रतिवेदन पेस गरिएको थियो । तत् पश्चात सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिए । गत भदौ २३ गतेदेखि बैठक अवरोध गर्दै आएको एमालेले त्यसलाई निरन्तरता दिएको हो।