प्रतिनिधिसभामा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश

By खबरहब

March 02, 2022

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को बिरोधकाबीच प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरुभएलगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेका थिए । नारावाजीकै क्रममा सभामुख अग्नी सापकोटाले प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई राष्ट्रिय सूचना अयोगको वार्षिक प्रतिवेदन पेश गर्न समय दिएका थिए।

प्रतिनिधिसभाको अर्को बैठक फाल्गुन २२ गते आइतबार बोलाइएको छ । गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप लगाउंदै एमालेले लगातार सदनमा बिरोध गर्दै आएको छ ।