तस्बिर: एएफपी

अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड संक्रमण

By खबरहब

March 02, 2022

काठमाडौँ- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड -१९ संक्रमण देखिएको छ । उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताएका हुन् । उनले मंगलबारको परीक्षणबाट कोभिड-१९ देखिएको उनको आधिकारिक वेभसाइटमा उल्लेख गरिएको छ ।

हाल उनी सिड्नीस्थित आफ्नै निवासमा आइसोलेसनमा रहेको जनाइएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानमन्त्री मोरिसनले आफूलाई रुघाखोकीको लक्षण देखिएको र आगामी एक साता आराम गर्ने समेत जनाएका छन् ।

उनी गत साता सार्वजनिक कार्यक्रमहरुमा व्यस्त थिए । मंगलबार रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई सहयोगको घोषणा गर्ने समारोहमा पनि उनलाई खोकीले सताएको थियो । यसबाहेक मंगलबार नै उनले दक्षिण प्रशान्त क्षेत्रको मुलुक नउरुका राष्ट्रपति लियोनल एङ्गीमासँग सिड्नीमा भेटवार्ता गरेका थिए ।