आर्थिक

कृषि विकास बैंकको बोनस शेयर हितग्राहीको खातामा

By खबरहब

March 02, 2022

काठमाडौं –  कृषि विकास बैंकले शेयरधनीको हितग्राही  खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीको सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडीएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

पुस १५ गतेसम्म अभौतिकीकरण गराएका शेयरधनीको हकमा सम्बन्धित हितग्राही खातामा नै जम्मा गरिदिएको बैंकले जनाएको छ । भने तोकिएको  मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा भने  क्रमशः बोनस शेयर जम्मा हुने बैंकले जनाएको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीको हकमा भन्  शेयर अभौतिकीकरण पछि मात्र हितग्राही खातामा नै प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दियो ।