तस्बिर: संयुक्त राष्ट्रसंघ

अन्तर्राष्ट्रिय

युक्रेनलाई मानवीय सहायता गर्न संयुक्त राष्ट्रसंघका महासचिवको अपिल

By खबरहब

March 02, 2022

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनलाई मानवीय सहायताका लागि अपिल गरेका छन् । उनले अहिले युक्रेन अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा विश्वले नै सहयोग गर्नुपर्ने बताए ।

उनले भने – युक्रेनलाई हामी सबै विश्वले सहयोग गर्नुपर्ने अवस्था आएको छ, युक्रेन अहिले निकै कठिन अवस्थाबाट गुज्रिएको छ ।’ उनले रुसको सैन्य आक्रमणबाट युक्रेनका दशौँ हजार नागरिक विस्थापित भइसकेका भन्दै उनीहरुको सहयोगका लागि विश्व समुदाय लाग्नुपर्नेमा जोड दिए ।

उनले मंगलबारसम्मको तथ्यांक अनुसार हाल युक्रेनका करिब ६० लाख मानिस विस्थापित भएका र त्यसका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलर सहायताको कोष आवश्यक रहेको बताए ।