राजनीति

राप्रपा नेपालबाट उपाध्यक्षसहितका पदाधिकारीहरू मनोनित

By खबरहब

March 02, 2022

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले उपाध्यक्षसहित केन्द्रीय पदाधिकारी नियुक्त गरेको छ ।

बुधबार कमल थापा नेतृत्वको राप्रपा नेपालले ६ उपाध्यक्ष, ४ महामन्त्री र ६ सहमहामन्त्रीहरू मनोनयन गरेको हो ।

जसअनुसार उपाध्यक्षमा राजीब पराजुली (पर्सा), उद्धव पौडेल ( काठमाडौँ), जयकुमार खड्का (काठमाडौँ), राजेन्द्र वीर राय (बाँके), डा. विष्णु भण्डारी (तनहुँ) र लाक्पा तामाङ (धनकुटा) छन् । त्यसैगरी, महामन्त्रीहरूमा भाष्कर भद्रा (ललितपुर), सुशिल श्रेष्ठ (महोत्तरी), इन्द्र चित्रकार ( काठमाडौँ) र राजाराम बर्ताैला (मकवानपुर) रहेका छन् ।

त्यसैगरी, सहायक महामन्त्रीहरूमा हरिकृष्ण श्रेष्ठ (सुनसरी), धरम गुरुङ (पर्वत), अम्बिका प्रसाद ढकाल (भोजपुर), शिवकुमार बास्तोला (कास्की), श्री ममता राई (झापा) र शशिरञ्जन यादव (महोत्तरी) लाई मनोनयन गरिएको प्रवक्ता सुरेश आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।