समाचार

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको जग्गा बचाउने सरोकारबालाको प्रतिबद्धता

By खबरहब

March 02, 2022

धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा बचाउन आ–आफ्नो ठाउँबाट पहल गर्ने सरोकारबालाहरूले बताएका छन् ।

बुधबार बसेको बैठकमा सहभागी सरोकारबालाहरूले क्याम्पसको जग्गा बचाउन पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा उनीहरूले अदालतमा विचाराधीन मुद्दाका विषयमा बलियो कानुनी प्रतिरक्षा गर्ने र सार्वजनिक सम्पति जोगाउने बताएका छन् ।

महेन्द्र बहुमुखी क्याम्पसको जग्गाको मोहियानीसम्बन्धी विवाद र क्याम्पसबाट भएको प्रयासहरूको विषयमा पनि छलफल गरिएको थियो ।

बैठकमा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रदेशसभा सदस्यहरू, धरानका मेयर, उपमेयर, महेन्द्र बहुमुखी क्याम्पस जग्गा बचाउ समितिका संयोजक, क्याम्पस प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सहभागी थिए ।