फाइल फोटो

आर्थिक

कतैबाट प्रभावित नभई संस्था तथा लगानीकर्ताहरुको हितमा काम गर्नुहोस् : अर्थमन्त्री शर्मा

By खबरहब

March 02, 2022

काठमाडौं –  अर्थमन्त्री जनार्दन शर्माले कतैबाट प्रभावित नभई संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुपमा काम गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई निर्देशन दिएका  छन् ।

बुधबार अर्थ मन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले पूँजी बजारको शिक्षा सहितको सुरक्षित कारोबार गर्न आवश्यक नीति तयार गर्न सरकार रहेको भन्दै दबाबमा नपरी काम गर्न निर्देशन दिएका हुन्  ।

त्यस्तै उनले दिनको दिनमै खरिद बिक्री गर्न पाउने र सापटी लिएर पनि सेयर खरिद बिक्री गर्न पाउने व्यवस्था गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिए  । शर्माले नेपालमा अझै पनि सेटिङमा सेयर कारोबार र इन्साईडर ट्रेडिङ हावी भएको भन्दै यसलाई रोक्न निर्देशन दिएका छन्  । लगानी कर्ताको सुरक्षा गर्नु सरकारको दायित्व भएको भन्दै उनले कार्यमा सबै एक भएर लाग्नुपर्ने धारणा राखे  । हाल सेयर बजारमा ११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट खाता होल्डर रहेको भन्दै अर्थमन्त्री शर्माले लगानीकर्ताको हितका लागि पुँजी बजार विकास गर्नु आजको आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले धितोपत्र ऐनलाई समय सापेक्ष बनाउनु पर्ने बताए ।  केही कानुनमा सुधार गरेर पुँजी बजारको विकासका लागि बोर्डले काम गर्ने उनको  भनाई छ । उनले भने आफ्नै भवन आवश्यक भएको भन्दै सूचना प्राविधिको बलियो प्रणाली बनाउन जरुरी रहेको छ ।  त्यस्तै हमालले बजारमा हुनसक्ने चलखेल बुझ्न अटोमेटिक प्रणालीको विकास गर्नुपर्ने उल्लेख गरेका थिए