अपराध

संसद् भवन अगाडि प्रेसर कुकर बम राख्ने व्यक्ति पक्राउ

By खबरहब

March 02, 2022

काठमाडौँ– संसद भवन अगाडि शकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।

फागुन १६ गते काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा प्रेसर कुकर राखेर आतंकित पारेको आरोपमा काभ्रेको भुम्लो गाउँपालिका–२ सिमथलीका २१ वर्षीय सुवास महतलाई प्रहरीले पक्राउ गरेको हो ।

हाल चावहिल बस्दै आएका महतलाई सोमबार गौशालाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनी काभ्रेस्थित अनेरास्ववियु क्रान्तिकारी पशुपति बहुमुखी क्याम्पस कमिटीको अध्यक्षसमेत हुन् ।

प्रहरीले राउतका साथबाट मोटरसाइकल एक थान, मोबाइल ४ थान, ट्रयाक ज्याकेट एक थानसहितका सामग्री पनि बरामद् गरेको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।