अन्तर्राष्ट्रिय

पछिल्लो २४ घण्टामा भारतमा ७ हजार ५५४ नयाँ कोरोना भाइरस संक्रमित थपिए

By खबरहब

March 02, 2022

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका सात हजार ५५४ नयाँ सङ्क्रमित थपिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख ३८ हजार ५९९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

सोही अवधिमा कोरोना सङ्क्रमणको २२३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् । कोरोना शुरु भएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार २४६ जनाको मृत्यु भएको जनाइएको छ । 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८५ हजार ६८० रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा १४ हजार १२३ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् । 

भारतमा कोरोना शुरु भएबाट हालसम्म चार करोड २३ लाख ३८ हजार ६७३  जना कोरोना मुक्त भएका समाचारमा जनाइएको छ ।