आर्थिक

सेयर बजारमा उच्च अङ्कको गिरावट

By खबरहब

March 02, 2022

काठमाडौँ- पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि उच्च अङ्कले घटेको छ। आज बुधबार नेप्से परिसूचक ६३.९८ अङ्कले घटेर २ हजार ५४६.६० विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यस कम्पनीको १६ करोड १८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार १ सय ८४ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : नेपाल दुरसंचार कम्पनी र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ ।

बुधबारको कारोबारमा १३ वटै उपसमूह घटेको छ। आज नेप्सेमा रिलायन्स लाइफ इन्स्योरेन्स र सिभिल बैंकका लगानीकर्ताले कमाएका छन्। भने हिमालयन जनरल इन्स्योरेन्स र युनाइटेड इदीमादी आरडी हाइड्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन् ।