समाचार

रुस–युक्रेनका सैनिक सहचारी एउटै कार्यक्रम देखिए

By खबरहब

March 02, 2022

काठमाडौँ– रुस र युक्रेनबीच अहिले युद्ध चलिरहेको छ ।

दुवै देशबीच जारी युद्धमा सैयौँ मानिसको ज्यान गएको छ । युक्रेनलाई कब्जा गर्ने नियतका साथ रूपले भीषण आक्रमण जारी राखेको छ । युक्रेनले पनि कडा जवाफ दिइरहेको छ । छिमेकी भए पनि अहिले एक–अर्काको शत्रु भइसकेका रुस र युक्रेनका सैनिक सहचारी भने एउटै कार्यक्रममा देखिएका छन् ।

काठमाडौँमा भएको कार्यक्रममा रुस र युक्रेनका सैनिक सहचारी एकै ठाउँमा देखिएका हुन् ।

मंगलबार सेना दिवसमा थुप्रै देशका सैनिक सहचारीलाई नेपाली सेनाले निमन्त्रणा गरेको थियो ।

सोही निमन्त्रणअनुसार २१ देशका आवासीय तथा गैरआवासीय सैनिक सहचारी नेपाल आएका थिए ।

टुँडिखेलमा भएको कार्यक्रममा रुस र युक्रेनका पनि सैनिक सहचारी सहभागिता जनाएका थिए ।

जंगी अड्डामा युद्धकार्य निर्देशनालयले विभिन्न देशका सैनिक सहचारीहरूले बिहीबार माउण्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको जनाएको छ । उनीहरू बिहीबार लुम्बिनी र पोखराको अवलोकन कार्यक्रमसमेत रहेको छ ।