समाचार

युक्रेनको पक्षमा युद्ध लड्दै नेपालका प्रताप बस्‍नेत  

By खबरहब

March 02, 2022

काठमाडौँ-  नेपाली युवा प्रताप बस्नेत पनि रुसविरुद्ध युक्रेनका तर्फबाट युद्ध लड्न गएका छन्। सामाजिक सञ्जालमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको खुलाएका छन् । 

रुसले आक्रमण गरेपछि युक्रेनमा रहेका धेरै नेपाली राजधानी किभबाट भागेर छिमेकी देश पोल्याण्ड, बेलारुस, जर्मनी लगायतका देश पुगेका छन् ।  तर किभमै रहेका नेपाली युवा बस्नेत भने युक्रेनका लागि रुसविरुद्ध युद्ध लड्न सेनामा भर्ती भएका हुन् ।

युक्रेनको पक्षमा लड्दै नेपाली युवा !! pic.twitter.com/wuGnnozwma

— Chiran Sharma (@chiranuk) March 2, 2022