शिक्षा

नेशनल प्याब्सनको अध्यक्षमा न्यौपानको उम्मेदवारी घोषणा

By खबरहब

March 02, 2022

काठमाडौं –  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान महासचिव सुवास न्यौपानेले उम्मेदवारी घोषणा गरेका  छन्  ।

उनले  वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्राको न्यायोचित समाधानका लागि र सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने सङ्कल्पसहित उम्मेदवारी घोषणा गरेको जानकारी दिए  ।

न्यौपानेले आज पत्रकार सम्मेलन गरेर संस्थागत विद्यालयका हकहितको रक्षा, समयानुकूल गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा निजी र सरकारी विद्यालयबीचको विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी हुने बताए । सङ्गठनको महाधिवेशन फागुन २२ र २३ गते बाँकेको नेपालञ्जमा हुँदैछ ।

नेशनल प्याब्सनको काठमाडौँ जिल्लाका पूर्वअध्यक्ष न्यौपानेले अग्रज र सक्रिय विद्यालय सञ्चालकले आफूलाई समर्थन गर्ने र आपसी परामर्शबाट अन्य पदाधिकारी तय गर्ने बताउँदै संस्थाको आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने, प्राकृतिक विपद् राहत कोषमा रकम वृद्धि गर्नेसहित १३ बुँदे योजना सार्वजनिक गरे  ।