फाइल फोटो

समाचार

बागमती प्रदेशसभा बैठक फागुन २९ गते

By खबरहब

March 02, 2022

मकवानपुर-  बागमती प्रदेशसभा बैठक फागनु २९ गते बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।

करिब साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित भएको जनाएको थियो । प्रदेशसभा बैठक गत पुस ८ गतेदेखि बस्न सकेको छैन ।