समाचार

अन्तर्राष्ट्रिय सम्बन्धमा क्षति भयो, नियन्त्रण गर्न समय लाग्छः एमाले नेता डा. भट्टराई

By खबरहब

March 02, 2022

काठमाडौँ– नेकपा एमालेका नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले एमसीसीका कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा भएको क्षति नियन्त्रण गर्न लामो समय लाग्ने बताएका छन् ।

काठमाडौँमा बुधबार भएको कार्यक्रममा नेता डा. भट्टराईले एमसीसीको विषयमा केही दलका नेताहरूबाट अपरिपक्व क्षमता देखाउने काम भएकाले अन्तर्राष्ट्रिय सम्बन्धमा भएको क्षति नियन्त्रण गर्न लामो समय लाग्ने बताएका हुन् ।

उनले यो सम्झौतालाई विवादित बनाउने काम भएकाले भोलि कुनै देशले हामीसँग सम्झौता गर्दा उनीहरू सोच्ने अवस्थामा पुग्न सक्ने बताए ।

समग्रमा यसले अन्तर्राष्ट्रिय सम्बन्धलाई दीर्घकालीन रूपमा अगाडि बढाउन ड्यामेज गरेको बताए ।

एससीसीलाई लिएर धेरै गिजोलिने काम गर्नेहरूले यसको जिम्मा लिनुपर्ने पनि उनले बताए ।

नेता भट्टराईले यति ढिलो एमसीसी पारित गर्दा लागत बढ्ने आशंका पनि गरे । उनले अबको चुनौति कार्यान्वयन पक्ष रहेको पनि बताए ।

डा. भट्टराईले रसियाले युक्रेनमाथि गरेको आक्रमण अनुचित रहेको पनि टिप्पणी पनि गरे ।

उनले युक्रेनमा फसेका नेपालीको उद्धारमा तत्परता नदेखाएको आरोपसमेत लगाए ।