राशिफल

आज २०७८ साल चैत १९ गते शनिबारको राशिफल

By खबरहब

April 02, 2022

काठमाडौँ – आज २०७८ साल चैत १९ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

चैत १९ गते शनिबार

मेष : बोलीको प्रशंसा गर्ने बढ्नेछन्। पूराना लगानी उठ्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ।

वृष : शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पूर्वसंचित धनबाट गरिने कार्यबाट लाभ मिल्नेछ। प्रेममा सफलता मिल्नेछ।

मिथुन : काम अपूरो हुनेछ। तर, आफूभन्दा कमजोरहरुबाट सहयोग मिल्नेछ।

कर्कट : आज सामान्य दैनिकी चलाउने काम मात्र गर्नुहोला। सबै क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्रमा फाइदा छ।

सिंह : प्रेमिप्रमिका बीचको सम्बन्ध सुमधुर रहनेछ। बोलीमा मिठास बढ्नेछ।

कन्या : चुनौतीको सामना गर्नुपर्नेछ। लामो यात्रामा ननिस्कनुहोला।

तुला : आफ्ना भनिएकाबाट नै असहयोग मिल्नेछ। अरु क्षेत्रमा सामान्य रहेपनि शिक्षाको क्षेत्रमा उदय हुनेछ। पठनपाठनमा जोशजाँगर बढ्नेछ।

वृश्चिक : आज गर्ने कार्यबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ।

धनु : मानसम्मान बढ्नेछ। व्यापार व्यवसायमा राम्रो हुनेछ।

मकर : गलत आरोप लाग्नसक्छ। शंका गर्नेहरु बढ्नेछन्।

कुम्भ : आफ्नाहरुले नै आरोप प्रत्यारोप गर्नेछन्। व्यापार व्यवसायमा भने फड्को मारिनेछ।

मीन : अधुरा काम पूरा हुनेछन्। मानसम्मान बढ्नेछ। प्रतिस्पर्धीबाट भने सचेत हुनुपर्नेछ।