फाइल फोटो

राजनीति

एमाले अध्यक्ष ओली आज खोटाङ जाँदै

By खबरहब

April 02, 2022

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेल जाँदै छन् ।

स्थानीय निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्न प्रमुख पार्टीका शीर्ष नेताहरू यति बेला देश दौडाहमा छन् ।

यसै क्रममा ओली आज बिहान साढे १० बजे जाने दिक्तेल जाने तयारी छ । पार्टीले आयोजना गर्ने कार्यक्रममा ओलीले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा स्वागत गर्नेछन् ।

उनी शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका जिल्लाहरूमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन गरेर फर्किएका थिए।