सांकेतिक तस्वीर

समाचार

ग्वार्कोमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु 

By खबरहब

April 02, 2022

काठमाडौँ  – ललितपुरको ग्वार्कोमा ट्याङ्करको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जन रहेका छन् । ठक्करबाट घाइते उनलाई उपचारको लागि पाटन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुकी पौने ८ बजे बा २ ख ६५१० नम्बरको ट्याङ्करले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्याङ्करसहित चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन् ।