फाइल फोटो

क्रिकेट

दीपेन्द्रको उत्कृष्ट शतक, नेपालद्वारा मलेशियालाई २२४ रनको लक्ष्य प्रस्तुत

By खबरहब

April 02, 2022

काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले मलेशियालाई २ सय २४ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जित्दै मलेशियाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।

पहिलो इनिङको निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनाएपछि नेपालले मलेशियालाई २२४ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गर्दै सर्वाधिक ११० रनको उत्कृष्ट पारी खेले । ५७ बल खेलेका उनले ६ छक्का र १० चौका प्रहार गरे ।

त्यस्तै रोहित पौडेलले ५१, मोहम्मद आदिलले १४, आशिफ शेखले १८ रन जोडे ।

मलेशियाका लागि मोहम्मद वफिक, पवनदीप सिंह, स्याजरुल इद्रुस र मुहम्मद आमिरले समान एक १–१ विकेट लिए ।