तस्वीर- क्यान

क्रिकेट

उत्कृष्ट जितसहित नेपाल टी–ट्वान्टी सिरिजको फाइनलमा

By खबरहब

April 02, 2022

काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको आफ्नो चौथो खेलमा मलेशियालाई पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई ८५ रनको विशाल अन्तरले पराजित गर्दै सिरिजको फाइनलमा समेत प्रवेश गरेको छ ।

नेपालले दिएको २ सय २४ रनको लक्ष्य पूरा गर्न नसकेपछि मलेशिया पराजित भएको हो ।

मलेशियाले खेल सहिन एक बल अगावै सबै विकेट गुमाउँदै केबल १३८ रनमात्र बनाउन सक्यो । मलेशियाको इनिङ्ग सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै, कमल सिंह ऐरी र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए । त्यसैगरी कुशल भुर्तेल र रोहित पौडेलको नाममा १–१ विकेट रह्यो ।

यसअघि टस जितेर मलेशियाले पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा आएको नेपालले मलेशियालाई २ सय २४ रनको विशाल लक्ष्य दिएको हो । निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै नेपालले २ सय २३ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेल्दै १ सय १० रन बनाए । ५७ बल खेलेका उनले ६ छक्का र १० चौका प्रहार गरे ।

यससँगै नेपाल सिरिजको फाइनलमा प्रवेश गरेको छ । नेपालले उपाधिका लागि सोमबार पपुवा न्युगिनी पीएनजी खेल्नेछ ।