बालकृष्ण खाण । फाइल तस्बिर

समाचार

पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन

By खबरहब

April 02, 2022

काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्।

आपूर्ति सचिव डा। गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई आज टेलिफोन गरेर उनले तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन्।

उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा नचाहँदै कठोर हुनपर्ने बताएका थिए। व्यवसायीहरूले पेट्रलियम पदार्थ बेचे–नबेचेको अनुगमन गर्न खाणले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक गोइतले जानकारी दिए।

व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले डिजेलको भाउ बढेपछि भाडा पनि बढाउनुपर्ने, डिजेल पेट्रोल बोक्ने टयांकरको भाडा बढाउनुपर्ने लगायतका माग राखेर पेट्रोलियम पदार्थ विक्रि वितरण नगर्ने चेतावनी दिइरहेका छन्।