अन्तर्राष्ट्रिय

भारतमा पछिल्लो १२ दिनमा १० औं पटक पेट्रोलको मूल्य वृद्धि

By खबरहब

April 02, 2022

काठमाडौं- भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य भारु १०७ रुपैयाँ ६१ पैसा पुगेको छ । त्यसैगरी डिजेलको मूल्य प्रति लिटर भारु ९३ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै मुम्बई शहरमा भने पेट्रोलको मूल्य प्रतिलिटर भारु ११७ रुपैयाँ ५७ पैसा र डिजेलको मूल्य भारु १०१ रुपैयाँ ७९ पैसा पुगेको एएनआईले जनाएको छ ।

स्थानीय करका आधारमा भारतका विभिन्न राज्यहरुमा पेट्रोलियम पदार्थको दरमा फरक पर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।