तस्वीर- एएनआई

देश/प्रदेश

भारतीय विदेशमन्त्रीको नेपालीमा ट्विट

By खबरहब

April 02, 2022

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालीमा ट्विट गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला भारतीय विदेशमन्त्री जयशंकरले नेपालीमा ट्विट गरेका हुन् ।

उनले ट्विटमा भारतको छिमेक नीति भिन्नतासहितको परराष्ट्र नीति भएको बताएका छन् । भारत र नेपालबीचको सम्बन्ध दर्शाउदै उनले यही नीतिको प्रभावबाट जयनगर कुर्था सीमापार रेल सेवा सम्भव भएको बताए ।

छिमेक नीति : भिन्नता सहितको परराष्ट्र नीति।

आज जमिनमा यसको प्रभाव:

– जयनगर र कुर्था बीच सीमापार रेल सेवा।

– सोलु करिडोर विद्युत प्रसारण लाइन र सबस्टेशन।

-१३२ स्वास्थ्य केन्द्र निर्माणमा प्रगति|

-नेपालमा रुपे कार्डको सुरुवात। https://t.co/f8YsFmqFDt

— Dr. S. Jaishankar (@DrSJaishankar) April 2, 2022

साथै सोलु करिडोर विद्युत प्रसारण लाइन, स्वास्थ्य केन्द्र निमार्णमा प्रगतिका साथै नेपालमा रुपे कार्डको शुरुआत हुनुमा पनि भारतको छिमेकी नीतिको प्रभाव रहेको उनको भनाइ छ ।