समाचार

पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण

By खबरहब

April 02, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार दुई हजार ८३ जनामा गरिएको पीसीआर परीक्षणमा १० जना र एक हजार २७७ एन्टिजेन परीक्षणमा एक जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ९० जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ९४२ जना सक्रिय संक्रमित रहेका छन्।