फाइल तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

अफगानिस्तानलाई भारतको २ हजार मेट्रिक टन गहुँ सहयोग

By खबरहब

April 02, 2022

काठमाडौं– आर्थिक एवम् मानवीय संकटमा फसेको अफगानिस्तानलाई सहयोग गर्न भारतले २ हजार मेट्रिक टन गहुँ त्यसतर्फ पठाएको छ । पाकिस्तानसँग सीमा जोडिएको वाघा अटारी नाकाबाट अफगानिस्तानतर्फ २ हजार मेट्रिक टन गहुँ पठाइएको हो ।

अटारी नाका भन्सार अधिकारी राहुल ननगारेलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार भारतीय विदेश मन्त्रालयको पहलमा उक्त परिमाणको गहुँ अफगानिस्तान पठाइएको हो ।

‘अटारी वाघा नाकाबाट २ हजार मेट्रिक टन गहुँ पठाइएको यो पाचौँ पटक हो ।’ ननगारेले भने ।

भारतीय विदेशमन्त्रालयले अफगानिस्तानलाई मानवीय सहयोग गर्न भन्दै ५० हजार मेट्रिक टन गहुँ पठाउने जनाएको छ । सोहीअनुसार भारतले त्यसतर्फ पटक–पटक गरी गहुँ आपूर्ति गर्दै आएको छ ।

पहिलो पटक भारतले पाकिस्तानको बाटो भएर गत फेब्रुअरी २६ मा अफगानिस्तानतर्फ २५०० मेट्रिक टन गहुँ पठाएको थियो ।

अफगानिस्तानबाट आएका सवारी चालकले एएनआईलाई बताएअनुसार अफगानिस्तानमा हाल खाद्यान्नको ठूलो अभाव छ ।