आर्थिक

भारतीय उद्योगीलाई नेपालमा लगानी गर्न देउवाको आग्रह

By खबरहब

April 02, 2022

नयाँ दिल्ली– प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगागी गर्न आग्रह गरेका छन् ।

शनिबार नयाँ दिल्लीमा कन्फिडरेसन अफ इण्डियन इन्डिष्टिज (सीआईआई) ले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानी गर्ने वातावरण रहेकाले उर्जा,

पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न भारतीय उद्योगीहरूसँग आग्रह गरेका हुन् ।

उनले लगानी भित्र्याउन आवश्यक नीतिगत सहजता प्रदान गर्ने आश्वासन पनि उद्योगीहरूलाई दिएका छन् ।

देउवाले नेपाल र भारतबीचको आर्थिक सम्बन्ध विस्तारको प्रचूर सम्भावना रहेकोसमेत बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा उर्जा, पर्यटनलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको बताएका थिए ।

त्यस्तै, सीआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपालमा भारतीय लगानी बढाउन आवश्यक पहलकदमी लिने आश्वासन दिएका थिए ।

कार्यक्रममा नेपाल र भारतका उद्योगीहरू सहभागी भएका थिए ।