खेलकुद

एभर्टनले जित निकाल्दा चेल्सी पराजित

By खबरहब

May 02, 2022

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रेलिगेशन क्षेत्रमा रहेको एभर्टनले चेल्सीलाई १-० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले ४७औं मिनेटमा निर्णायक गोल गरे ।

जितपछी एभर्टनले रेलिगेशन क्षेत्रबाट उम्कने सक्ने सम्भावना कायमै राखेको छ ।

एभर्टनले ३३ खेलबाट ३२ अंकसहित १८ औं स्थानमा छ । चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा छ ।