फाइल तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

विश्वभर खाद्य संकट आउने जेलेन्स्कीको चेतावनी

By खबरहब

May 02, 2022

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकमा जारी रुसी आक्रमणका कारण विश्वभर खाद्य संकट आउने चेतावनी दिएका छन् ।

अष्ट्रेलियन टेलिभिजनको ६० मिनेट्स कार्यक्रममा बोल्दै राष्ट्रपति जेलेन्स्कीले विश्वभर खाद्य संकट आउने चेतावनी दिएका हुन् ।

उनले कृष्ण सागरमा रहेका युक्रेनी बन्दरगाहमा रुसी फौजले  नाकाबन्दी लगाएका कारण युक्रेनले करोडौं टन अन्न गुमाएको समेत बताए । यसकारण युरोप, एसिया र अफ्रिका प्रभावित हुने उनको चेतावनी छ ।

‘रुसले पानीजहाजलाई आउन पनि दिँदैन, जान पनि दिँदैन, यसले अहिले कृष्ण सागर कब्जा गरेको छ ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘रुसले हाम्रो मुलुकको अर्थतन्त्रलाई पूर्ण रुपमा रोक्न चाहन्छ ।’ उनले भने । युक्रेन विश्वको प्रमुख अन्न तथा अन्य खाद्य पदार्थको निर्यातकर्ता मुलुक हो ।