खेलकुद

शहीद स्मारक सी डिभिजन लिग : आरसी ३२ को चौँथो जित

By खबरहब

May 02, 2022

काठमाडौँ– शहीद स्मारक सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले चौँथो जित निकालेको छ ।

लालितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा आरसी ३२ ले समाज कल्याण खेलकुद केन्द्रलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

आरसी ३२ का लागि विवेक सन्तोषीको गोल नै निर्णायक बन्यो ।

खेलको ५९ औँ मिनेटमा विवेकले गोल गरेर आरसीलाई अग्रता दिलाएका थिए । मनोहरा युनाईटेड क्लब र आएसीस क्लब आजै भिड्नेछन् ।