फाइल तस्वीर

अन्तर्राष्ट्रिय

तालिबानद्वारा अफगान सर्वोच्च अदालतमा फारसी भाषामाथि प्रतिबन्ध

By खबरहब

May 02, 2022

काठमाडौं– विश्वव्यापी निन्दाबीच अफगानिस्तानको शासन गरिरहेको तालिबानले मुलुकको सर्वोच्च अदालतबाट फारसी भाषालाई हटाउने आदेश जारी गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार तालिबानले सर्वोच्च अदालतको नाम समेत फेरेर ‘शक्तिको न्यायपालिका’ राखेको छ ।

समाचारमा जनाइएअनुसार आइन्दा अफगानिस्तानको सर्वोच्च अदालतमा पश्तो र अङ्ग्रेजी भाषा मात्र प्रयोग गरिनेछ ।

यसअघि पनि तालिबानले मुलुकका विभिन्न संस्थाहरुबाट फारसी भाषा हटाएको जनाइएको छ । यसअघि तालिबानले बाल्ख विश्वविद्यालयमा पनि फरसी भाषालाई बन्देज गरेको एएनआईले जनाएको छ ।

यसबाहेक तालिबानले यसअघि उज्बेक भाषामाथि पनि प्रतिबन्ध लगाएको जनाइएको छ ।