समाचार

नेपाली कांग्रेसबाट मुलुकको विकास र समृद्धि हुन्छ : निधि

By खबरहब

May 02, 2022

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री विमलेन्द्र निधिले नेपाली कांग्रेसबाट मात्र मुलुकको विकास र समृद्धि हुने बताएका छन् ।

विराटनगर–१८ स्थित पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले रोजगारीको सिर्जना र जनताको आयस्तर वृद्धि कांग्रेसकाे विजयीबाट सम्भव हुने विचार राखे ।

नेता निधिले मुलुकको विकास स्थानीय सरकारबाट सम्भव हुने भएकाले महानगरमा गठबन्धनका उम्मेदरवारलाई विजयी सुनिश्चित गराउन सबैसँग आग्रह गरे ।

अर्का केन्द्रीय सदस्य अमृत अर्यालले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै कांग्रेसको जितबाट नगरको समग्र विकास हुने धारणा राखे ।

प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार जसपाका अमरेन्द्र यादवले गठबन्धन विजयी भए विराटनगरको मुहार फेर्ने गरी काम गर्ने बताएका थिए ।