देश/प्रदेश

दिप्रुङ चुइचुम्मा गाउँ कार्यपालिकामा एमालेको प्यानल विजयी

By खबरहब

June 02, 2022

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

गाउँसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित चार महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका दुई सदस्यसमेत गाउँ कार्यपालिकाको सदस्य हुने व्यवस्थाअनुसार सुब्बा माझी, कला परियार, निर्मला श्रेष्ठ ‘मकाजु’, विमला परियार, स्वस्तीका भुजेल र कुष्णकुमारी राई निर्वाचित भएका हुन् ।

सात वडा रहेको गाउँपालिकामा ३० वैशाखमा सम्पन्न निर्वाचनबाट ३७ जनप्रतिनिधि निर्वाचित भएका थिए ।

मतदानमा एमालेको पक्षमा २० मत र गठबन्धनको पक्षमा १६ मत खसेको थियो । एक मत बदर भएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।