प्रतिकात्मक तस्वीर ।

पोखरीमा डुबेर बारामा दुई जनाको मृत्यु

By खबरहब

June 02, 2022

बारा – बारामा छुट्टा-छुट्टै स्थानका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीका छोरा ९ वर्षीय यस्तफा अंसारीको बुधबार पोखरीमा डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्।

घरबाट करिब ४/५ जना साथीहरुसँग घरनजिकैको पोखरीमा नुहाउन गएको आधा घण्टामै बालक डुबेका थिए । बालकलाई स्थानीयले पोखरीबाट निकालेर उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाए पनि उनको उपचारको क्रममा अस्पताल मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, कोल्हबी नगरपालिका ११ बेलावा टोल बस्ने बिरनाथ चौधरीको घरभन्दा करिब पाँच सय मिटर पश्चिममा रहेको पोखरीमा डुबेर मृत्‍यु भएको छ । घरबाट घाँस काट्न गएका उनी अबेर रातसम्मा घर नआएपछि खोजी गर्ने क्रममा उनलाई उक्त पोखरीमा मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

उनको मृत्‍युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।