खेलकुद

सी डिभिजन लिगमा आज दुई खेल हुँदै

By खबरहब

June 02, 2022

काठमाडौँ – शहीद स्मारक सी डिभिजन लिगमा बिहीबार २ खेल हुँदै छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा रानीवन स्पोर्ट्स क्लब र वीरगंज युथ एकेडेमी भिड्दै छन् ।

रानीवन र वीरगन्जबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे हुनेछ । रानीवन पाँचौँ जितको खोजीमा छ भने रेलिगेसनमा परेको वीरगन्ज दोस्रो जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ । रानीवन १४ अंकसहित तालिकाको आठौं स्थानमा छ भने ५ अंकसहित वीरगंज १३ औँ स्थानमा छ ।

अर्को खेलमा समाज कल्याण खेलकुद केन्द्र र सानेपा क्लब दिउँसो ४ बजे आमने सामने हुनेछन् ।