मनोरञ्जन

ह्याकरले म्युजिक नेपाललाई बनाए ‘टेस्ला लाइभ’

By खबरहब

June 02, 2022

काठमाडौँ– पछिल्लो समय नेपालमा युट्युब च्यानलहरू ह्याक हुने क्रम बढ्दो छ । ओएसआर डिजिटल, बुढासुब्वा डिजिटल पश्चात पुरानो युट्युब च्यानल म्युजिक नेपाल ह्याक भएको छ । करिब ६९ लाख ९२ हजार सब्स्क्राइवर रहेको च्यानल ह्याकरले आफ्नो कब्जामा लिएर यसको नाम परिवर्तन गरेर ‘टेस्ला लाइभ’ राखेको छ ।

च्यानल ह्याक पश्चात ह्याकरले ‘टेस्ला लाइभ’ नाम राखेपनि कुनै अन्य प्रकारका भिडियो भने अपलोड भएको छैन् । च्यानलमा २ दिन अगाडि गायक रामकृष्ण ढकालको ‘आशु देऊ या हाँसो’ नामको भिडियो अपलोड भएको देखिन्छ । म्युजिक नेपालको यो च्यानल नेपालको सबैभन्दा धेरै सब्स्क्राइवर भएको च्यानल हो ।