प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

चीनमा भूकम्पमा परेर ४ जनाको मृत्यु

By रासस

June 02, 2022

काठमाडौँ- चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा गएको ६.१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ ।

यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् ।

बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएका एक पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । तीमध्ये एकको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका दुईजनाको अवस्था अहिले स्थिर छ । अन्य ३८ जना सामान्य घाइते भएका छन् उनीहरु खतरामुक्त रहेको जनाइएको छ ।

भूकम्पबाट याआनमा १३ हजार ८१ जना प्रभावित भएका छन् । उक्त भूकम्पको केन्द्रबिन्दु १७ किलोमिटर गहिराईमा मापन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।