मनोरञ्जन

फिनालेसम्म बालेननै निर्णायक बन्ने

By खबरहब

June 02, 2022

काठमाडौँ– काठमाडौंको मेयरमा निर्वाचित भएता पनि बालेन शाहले आफ्नो शो लाई निरन्तरता दिने भएका छन् । केही समय उनले र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’ को निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । यद्यपि उनले पुर्व घोषित योजना अनुसार नै शो को फाइनलसम्म निर्णायककै रुपमा प्रस्तुत हुने जनाएको शोका निर्देशक निकेश खड्काले बताए । 

‘बालेनजीले फिनालेसम्म नै हुन्छु भन्नु भएको छ । यद्यपि अब उनको धेरै समय लाग्ने छैन । शो अब तीन हप्तामै फिनालेमा पुग्नेछ’ निकेशले भने । मेयर बालेन साह कार्यालयको काममा निकै व्यस्त छन् । आफ्नो कामको चटारोबाट केही घण्टा फुर्सद निकालेर उनी  ‘नेपहपको श्रीपेच’ को जजको भूमिका निर्वाह गर्न सुटिङ सेटमा पुग्ने गरेका छन् । 

अन्य दुई जुरीमा र्‍यापरद्वय मानस घले र गिरीश खतिवडा पनि छन् । ग्रान्ड फिनाले चाहिँ असार १४ गते हुने जनाइएको छ ।