प्रहरी

भन्सार छली ल्याइएका मोबाइल सहित भारतीय नागरिक पक्राउ

By खबरहब

June 02, 2022

काठमाडौं– अवैध रुपमा भन्सार छली ल्याइएका मोबाइलसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीले भारतको बिहार राज्यस्थित वैशाली जिल्ला घर भई हाल कलंकलीमा बसोबास गर्दै आएका २८ वर्षे जमशेद अलीललाई अवैध मोबाइलसहित पक्राउ गरेको हो ।

भन्सार छलेर मोबाइल बिक्री वितरण गरेको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

न्युरोडमा रहेको ताम्राकार कम्प्लेक्समा जेम्स मोबाइल रिपेयर पसलका सञ्चालक समेत रहेका उनको पसल खानतलासी गर्दा भन्सार छली ल्याइएका १३ वटा मोबाइल समेत बरामद गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थलको भन्सार कार्यालय पठाइएको छ ।