समाचार

सिमरा विमानस्थलको दैनिक उडान सेवा समयमा कटौती

By खबरहब

June 02, 2022

बारा– बाराको सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि असार १३ गते सम्म उडान बन्द हुने भएको छ ।

वर्षाै देखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मत तथा सम्भारका लागि दैनिक उडानको समय कटौती गरिएको सिमरा विमानस्थलले जनाएको छ ।

विमानस्थलमा पिचिंग र कालोपत्रेको काम गर्नु पर्ने भएको हुँदा यही जेठ २४ गते देखि असार १३ गते सम्म बिहान ६ बजे देखि ११ बजे सम्म मात्रै उडान हुँने सिमरा विमानस्थलका प्रमुख भुपेन्द्र भट्टले जानकारी दिए । भट्टका अनुसार २० दिन भित्र काम सक्ने गरी सप्तकोशी निर्माण सेवा कम्पनीले १५ करोडमा ठेक्का प्राप्त गरेको छ ।