आर्थिक

शनिबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

July 02, 2022

काठमाडौं– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

शुक्रबार एकको खरिद दर १२६ रुपैयाँ ०६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसारहेको डलर शनिबार एकको करिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७६ पैसा पुगेको छ ।

बिहीबार एक डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा थियो । निरन्तर बढेको डलरको बुधबारको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा थियो।

यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ९० पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ १० पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४६ पैसा र बिक्री दर ३४ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?