तस्बिर साभार रेडियो मितेरी पाँचथर

मुख्य समाचार

पाँचथरमा पहिरो : बेपत्ता भएकामध्ये २ जनाको शव फेला

By खबरहब

July 02, 2022

काठमाडौं – पाँचथरमा पहिरोले घर बगाउँदा बेपत्ता भएका २ जनाको शव फेला परेको छ । फालेलुङ गाउँपालिका–७ बिदीनका ७१ वर्षीय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा उनका छोरा, बुहारीसहित ३ जना बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख र प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार बेपत्ता भएकामध्ये दलप्रसादका छोरा ४२ वर्षीय रूपलाल र अर्का १ जनाको शव फेला परेको हो

७१ वर्षीय दलप्रसाद मगरको भने सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ। उद्धारका लागि स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।

शुक्रबार राति करिब १० बजेतिर पहिरोले घर बगाएको थियो। बेपत्ता एक जनाको खोजी कार्य जारी रहको प्रहरीले जनाएको छ ।