फाइल तस्बिर

समाचार

प्रधानमन्त्रीसहित गठबन्धनका नेता निजगढ प्रस्थान

By खबरहब

July 02, 2022

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधिन निगगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा प्रस्थान गरेका छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उद्देश्यले सो क्षेत्र प्रस्थान गरेका हुन्।

प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका शिर्ष नेताहरु नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताले सो क्षेत्रका निरीक्षण गरेर फर्कने प्रधानमन्त्रीका सचिवालयले जनाएको छ।