क्रिकेट

अभ्यास खेलमा नेपालको जित

By खबरहब

July 02, 2022

काठमाडौँ– क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा जित निकालेको छ ।क्यानडाको ओन्टारियोस्थित किङ्ग सिटीमा शुक्रबार राति भएको खेलमा नेपालले घरेलु टोलीलाई ६९ रनले पराजित गरेको हो । २ सय २१ रनको लक्ष्यमा जबाफी ब्याटिङ गरेको ओन्टारियोलाई नेपालले ४२ ओभर ५ बलमा समेट्न सफल भयो ।

घरेलु टोलीलाई सस्तैमा समेट्न नेपालका पवन सराफले ३ तथा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र किशोर महतोले २–२ विकेट लिए ।  पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २० रन बनायो । नेपालका लागि विनोद भण्डारीले ५७ रन बनाए भने आरिफ शेखले ४२ रन जोडे । अब नेपालले राष्ट्रिय क्यानडा क्रिकेट टोलीसँग २ एकदिवसीय खेल खेल्नेछ ।

पहिलो खेल असार २० र दोस्रो खेल असार २१ गत खेलिनेछ । यसपश्चात् विश्व कप लिग २ मा प्रतिस्पर्धा गर्न जनाउन नेपाल स्कटल्याण्ड जानेछ ।  लिग २ मा नेपालले नामिबिया र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।