मनोरञ्जन

‘प्रसाद २’ को घोषणा

By खबरहब

July 02, 2022

काठमाडौँ– ‘प्रसाद’ को सिक्वेल ‘प्रसाद २’ को घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा फिल्मको औपचारिक घोषणा गरिएको हो । दिनेश राउत निर्देशित प्रसादको सिक्वेललाई भने सुदर्शन थापाले निर्देशन गर्नेछन् ।फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापाको अभिनय रहनेछ । प्रसादमा देखिएका निश्चल बस्नेत यसपटक फिल्ममा छैनन् । 

अभिनेता विपिन कार्कीले सिक्वेलमा आफ्नो चरित्र परिपक्व भएको तर सिक्वेल भएकाले अपेक्षा पूरा गर्ने चुनौती पनि महसुस भएको बताएका थिए । पहिलो र दोस्रो दुवै भागको कथा लेखक सुशील पौडेलले पहिलो फिल्मको ब्याज खान नभई साँचो अर्थमा नै सिक्वेल बनाउन लागेको बताए । उनले फिल्मका मुख्य पात्र बाबुराम र नारायणी सहरबाट गाउँ फर्किने र गाउँ फर्केपछि आउने उतारचढावलाई फिल्मले प्रस्तुत गर्ने बताए । फिल्मको सुटिङ पोखराको हेम्जाकोटमा हुनेछ ।

फिल्म तिहारमा रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।