मनोरञ्जन

गायिका शर्मीला बर्देवाले ल्याइन् ‘यो मुटुको धड्कन’ (भिडियो)

By खबरहब

July 02, 2022

काठमाडौँ– गायिका शर्मीला बर्देवाको ‘यो मुटुको धड्कनले’ बोलको नयाँ गीतको भिडियो शनिबार सार्वजनिक गरिएको छ । दर्शकमाझ ल्याइएको भिडियोको कन्सेप्ट, कोरियोग्राफी र निर्देशन प्रभु गुरुङले गरेका छन् । युकेका बिभिन्न स्थानमा खिचिएको भिडियोमा मोडलद्वय सलिना थापा मगर र सरोज केसी फिचर छन् । 

निर्देशक प्रभुले भिडियोमा प्रेम जोडीको सम्बन्धमा आउने आरोह–अवरोहलाई प्रस्तुत गरेका छन् । यस गीतमा कल्याण सिंहको कम्पोज छ । रवि मल्लले लेखेको गीतको भिडियोको छायांकन र सम्पादन सुमन श्रेष्ठले गरेका हुन् । गीतको मिक्सिङ प्रदिप जोशीले गरेका हुन् भने दिनेश श्रेष्ठको एरेन्ज छ । नवीन निरौलाको कलर ग्रेडिङ रहेको भिडियोमा सुदेश गौचन र नरबहादुर गुरुङ अथिति भूमिकामा छन् ।