अन्तर्राष्ट्रिय

चीनको दक्षिणी क्षेत्र टाइफुनद्धारा प्रभावित

By खबरहब

July 02, 2022

काठमाडौँ– चीनको दक्षिणी क्षेत्रमा टाइफुनका कारण वर्षा र आँधीले प्रभावित भएको छ । चीनमा शनिबार दिउँसो आएको यस वर्षको पहिलो टाइफुनका कारण अत्याधिक जनसंख्या भएको ग्वाङडोङ प्रान्तमा पनि अत्याधिक वर्षा र जोखिम बढ्ने सम्भावना भएको मौसम विज्ञहरूले जानकारी गराएका हुन् ।

ग्वाङडोङको माओमिङ सिटीमा ल्याण्डफल  ल्याएसँगै टाइफुन छाबा नामक यस टाइफुनर्ल  १५–२० किमी प्रति घण्टाको गतिले उत्तरपश्चिम क्षेत्रतर्फ गएको राष्ट्रिय मौसम विभागले एक विज्ञप्तिमा जानकारी गराएको छ । 

छाबाको तीव्रता मध्यम भएको र समयसँगै यसको शक्ति घट्दै जाने भएता पनि भारी वर्षा र संचीय वर्षाको रेकर्ड तोड्ने अनुमान भएको विभाग प्रमुख गाओ शुआन्झुले जानकारी दिए । विगत केही हप्तामा चीनको दक्षिणी भेगमा ऐतिहासिक वर्षा र बाढीका कारण जनधनको क्षतिसहित ट्राफिक र लाखौँ मानिसको जीवन प्रभावित भएको छ ।