राजनीति

अध्यक्ष नेपाल र भारतीय राजदूतबीच कोटेश्वरमा भेटवार्ता

By खबरहब

July 02, 2022

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

नेपालका लागि भारतका नवनियुक्त राजदूत श्रीवास्तव र अध्यक्ष नेपालबीच शनिवार भेटवार्ता भएको हो ।

अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो निवासमा राजदूत श्रीवास्तवसँग भेटवार्ता भएको जानकारी दिएका छन् ।

भेटवार्तामा नेपाल–भारत सम्बन्ध, अहिलेको वर्तमान परिवेश लगायतका विषयमा छलफल भएको अध्यक्ष नेपालले बताए ।