अन्तर्राष्ट्रिय

भारतमा मंकीपक्सबाट पहिलो पटक युवकको मृत्यु

By खबरहब

August 02, 2022

नयाँ दिल्ली- भारतले दक्षिणी राज्य केरलामा मंकीपक्सबाट पहिलो पटक मृत्यु भएको पुष्टि गरेको छ । हालै संयुक्त अरब इमिरेट्सबाट उक्त राज्यमा आएका २२ वर्षीय युवकको मंकीपक्सबाट मृत्यु भएको हो ।

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले ती व्यक्तिले सुरुमा विदेशमा परीक्षणका क्रममा मंकीपक्स पोजेटिभ देखिएको बताइन । उनको मृत्युपछि परीक्षण गरिएका नमुनाहरूमा पनि भाइरस भेटिएको मन्त्री जर्जले जानकारी दिइन् ।

मंकीपक्सका कारण अफ्रिकाबाहेक यो चौथो मृत्यु हो । यसअघि स्पेनमा २ र ब्राजिलमा १ जना मंकीपक्सका कारण मृत्यु भएको थियो ।

संक्रमित व्यक्ति एक सैन्य अधिकारी थिए जसले देशको उत्तर–पूर्वी एक अस्पतालमा रिपोर्ट गरेका थिए । अस्पतालमा रिपोर्ट गरेको तीन दिनपछि उनको मृत्यु भएको थियो । उनलाई हल्का ज्वरो र रातो बिमिरा आएका थिए ।